नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले विभिन्न कार्यक्रम गरी मनायो विश्व मुख स्वास्थ्य दिवस

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले विभिन्न कार्यक्रम गरी मनायो विश्व मुख स्वास्थ्य दिवस

काठमाडौं। नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले मुलुकका विभिन्न भागका विशेष कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ।

दिवसका अवसरमा काठमाडौंसहित मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश लगायतका स्थानमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको हो।

२० मार्चमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ।

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनका अध्यक्ष माइकल देवकोटाका अनुसार दिवसका उक्त अवसरमा मधेस प्रदेशका अर्थ मन्त्री संञ्जय कुमार यादवको उपस्थितिमा मुसहर बस्तीमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरी ब्रस मञ्जन वितरण गरिएको छ।

सो अवसरमा मन्त्री यादवले आफुले मुख स्वास्थ्यको विकासको लागि सक्ने सहयोग गर्ने बताए। एसोसिएसनले कर्णाली प्रदेश लगायत काठमाण्डौका विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम गरी मुख स्वास्थ्य दिवस मनाएको छ।

Source: https://medicalpatra.com/

Related News&Event

About 4th International Oral Health Summit 2026
डेन्टल हाईजेनिस्टका दरबन्दी थप गर्न माग गर्दै ध्यानाकर्षण, माग सम्बोधन नभए साउनदेखि आन्दोलन
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति