चाडपर्वमा मुख स्वाथ्यलाई कसरी सुरक्षित गर्ने ?

चाडपर्वमा मुख स्वाथ्यलाई कसरी सुरक्षित गर्ने ?

दशैं, तिहारलगायतका चाडपर्वमा सामान्य दिनमा भन्दा फरक खानपान हुन्छ । दशैंमा मासु तथा गुलियो चिज पनि अरू समयभन्दा बढी खाने गरिन्छ । यस्तो बेला मुख स्वस्थ रहनु जरुरी हुन्छ ।
यहाँ मुखलाई सुरक्षित राख्ने केही उपाय बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।

– खाना खाइसकेपछि बिहान र बेलुकी फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्नुपर्छ ।

– माछा मासु राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

– ब्रस गर्दा ब्रसले मात्र दाँतको सबै सतहमा टाँसिएको वा अड्किएको खानेकुराका टुक्राहरू नजाने र यसले दाँतको बिचमा फोहोर जम्ने, खाल्डो बन्ने हुन्छ । यसले गर्दा मुखभित्र विभिन्न समस्याहरू उत्पन्न हुन्छन् (जस्तै, गिजा सुन्निने, दाँतलाई समातेर बसेको हड्डीमा क्षति हुने, चपाउन समस्या हुने) । यस्तो हुँदा दाँत र मुख स्वास्थ्य स्वस्थ राख्न ब्रस मात्र गरेर पुग्दैन खाना खाइसकेपछि दैनिक दुई दाँतको बिचमा अड्केर रहेको खाना र फोहरलाई दुई दाँतबिच सफा गर्ने इन्टरडेन्टल ब्रस र इन्टर डेन्टल धागोको प्रयोग गर्नुपर्दछ ।

– सिन्काहरूको प्रयोग गर्नु हुँदैन । यसले झन दुई दाँत बिचमा संक्रमण निम्त्याउन मदृत गर्दछ । यसकै कारण दाँत गुमाउनुपर्ने पनि हुनसक्छ ।

– दाँत दुखेमा अनावश्यक चिजहरू (जस्तै, खैनी, रुखको चोप, विभिन्न प्रकारमा झुसहरू) प्रयोग गर्नहुँदैन । यसले झन मुखमा संक्रमण बढाउँछ ।

– केही खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्ने गर्नुपर्दछ । यसले दाँतमा टाँसिइबसेका फोहोरलाई हटाउन र मुख स्वस्थ राख्न मद्दत गर्दछ ।

– जथाभावी औषधिको प्रयोग गर्नुहुँदैन ।

– दाँतको परीक्षण नगरी कुनै प्रकारको औषधिजन्य मञ्जनको प्रयोग गर्नुहुँदैन । यसको लामो समयसम्मको प्रयोगले शरीरका अंगहरूमा खराब असर गर्दछ ।

– साना बच्चाहरूलाई फ्लोराइड भएको र औषधिजन्य मञ्जनको प्रयोग गर्नुहुँदैन । यसले शरीरको वृद्धि विकासमा असर गर्दछ ।

– ब्रसको सहायताले जिब्रोको सरसफाई गर्नुपर्दछ ।

– प्रशस्त मात्रामा पानी पिउनुपर्दछ ।

– चुरोट, सुर्ती जस्ता पदार्थहरूको सेवन गर्नु हुँदैन ।

Source: https://healthpati.com/detail/74120231021203637.html?fbclid=IwAR1oiQAlC5SPIkmGND9by_xVlFZVQZIGsPJgrPv4BZLo5-JZBUO_MnGeV1g

Related News&Event

डेन्टल हाईजेनिस्टका दरबन्दी थप गर्न माग गर्दै ध्यानाकर्षण, माग सम्बोधन नभए साउनदेखि आन्दोलन
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति ।