डेन्टल हाईजेनिस्टका दरबन्दी थप गर्न माग गर्दै ध्यानाकर्षण, माग सम्बोधन नभए साउनदेखि आन्दोलन

डेन्टल हाईजेनिस्टका दरबन्दी थप गर्न माग गर्दै ध्यानाकर्षण, माग सम्बोधन नभए साउनदेखि आन्दोलन

काठमाडौं । नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले डेन्टल हाईजेनिस्टको दरबन्दी थप, तह सुधार तथा मुख स्वास्थ्य सेवा प्रणाली सुदृढ गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गम्भीर ध्यानाकर्षण गराएको छ। एशोसियसनले स्वास्थ्य मन्त्रालयका सचिवद्धय डा.विकास देवकोटा र डिल्लीराम शर्मालाई ध्याकार्षण गराएको हो ।

स्वास्थ्य सेवा ऐनअनुसार डेन्टल हाईजेनिस्टको न्यूनतम योग्यता प्रमाणपत्र तह (सर्टिफिकेट लेभल) रहेको भए तापनि हाल चौथो तहबाट मात्र सेवा प्रवेश खुलाइएको भन्दै उक्त निर्णयप्रति आपत्ति जनाइएको छ। एसोसिएसनले अन्य स्वास्थ्य जनशक्तिहरू स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियनहरू पाँचौ तहबाट सेवा प्रवेश गर्न पाउने व्यवस्था हुँदाहुँदै डेन्टल जनशक्तिलाई चौथो तहमा राख्नु अन्यायपूर्ण रहेको बताएको छ।

एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले २०७४ सालदेखि यस विषयमा पत्राचार र माग राख्दै आए पनि अहिलेसम्म अनुसूची संशोधन नभएकोमा असन्तोष व्यक्त गरे। २०७८ मा सचिव स्तरमा निर्णय भए पनि त्यसअनुसार कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण रहेको भन्दै, अब पनि सुनुवाइ नभए साउन महिनादेखि संघर्षका कार्यक्रम अनसन र विरोध प्रदर्शन सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन्।

एसोसिएसनले पाँचदेखि दुई सय शैय्या क्षमताका अस्पतालहरूमा आवश्यक डेन्टल जनशक्तिको दरबन्दीको स्पष्ट मापदण्ड तयार गरेको छ। त्यसअनुसार, स्थानीय तहका ५/१०/१५ शैय्याका अस्पतालमा डेन्टल हाईजेनिस्टको दरबन्दी यथावत राख्नुपर्ने, १५ शैय्याबाट माथिका अस्पतालहरूमा बिडीएस सर्जन तथा एमडिएस स्तरका विशेषज्ञ अनिवार्य गरिनुपर्ने बताइएको छ।

प्रदेशस्तरमा मुख स्वास्थ्य शाखा अनिवार्य राख्नुपर्ने, प्रदेश अस्पतालहरूमा ओरल हेल्थ युनिट स्थापना गरी डेन्टल हाईजेनिस्टको दरबन्दी सुनिश्चित गर्नुपर्ने मागसमेत राखिएको छ। त्यस्तै, संघीय स्तरमा सुविधासम्पन्न ट्रमा केयरयुक्त १०० शैय्याको डेन्टल अस्पताल स्थापना गरिनु पर्ने उल्लेख गरिएको छ।

एसोसिएसनले स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागमा छुट्टै मुख स्वास्थ्य इकाइ कायम गरी, त्यहाँ डेन्टल सर्जन र डेन्टल हाईजेनिस्टको उपयुक्त तह अनुसार दरबन्दी तोक्न माग गरेको छ।

डेन्टल जनशक्तिको उचित तह निर्धारण र सेवा संरचनाको पुनर्संरचनाको माग  गरिएको छ।

Related News&Event

डेन्टल हाईजेनिस्टका दरबन्दी थप गर्न माग गर्दै ध्यानाकर्षण, माग सम्बोधन नभए साउनदेखि आन्दोलन
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति ।